लन्डन, (एजेन्सी)
लामिन यामलले बार्सिलोनाको करिअरमा पहिलोपटक ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकको सहयोगमा ला लिगाको खेलमा भियारियललाई बार्सिलोनाले ४–१ ले हरायो । योसँगैं २६ खेलमा ६४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।
१८ वर्षीय यामलले नौ मिनेटको अवधिमा (२८ र ३७ औं मिनेट) दुई गोल गरेर टोलीलाई पहिलो हाफमै २–० को अग्रतामा राखेका थिए । यी दुबै गोलका लागि अर्का युवा खेलाडी २२ वर्षीय फर्मिन लोपेजले असिस्ट गरेका थिए ।
यसपछि पापे ग्वएले ४९ औं मिनेटमा गोल गर्दै भियारियलका लागि गोलअन्तर २–१ मा खुम्च्याए । तर, यामलले ६९ औं मिनेटमा अर्को गोल थप्दा बार्सिलोनाले ३–१ को अग्रता बनायो ।
यो गोलसँगैं यामलले उनको टोलीमा पहिलो ह्याट्रिक पनि पूरा गरे । साथै उनी यस शताब्दीमा ला लिगामा तीन गोल गर्ने सबैभन्दा युवा खेलाडी समेत बने । सब्सीच्युट रोबर्ट लेवान्डोस्कीले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले यो खेल ४–१ ले जितेको थियो ।











प्रतिक्रिया