फुटसल टोली सम्मानित


काठमाडौं।

एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आठौं स्थापना दिवस तथा अविभावक दिवसका अवसरमा आफ्नो फुटसल टोलीलाई सम्मान गरेको छ । तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अस्ट्रेलियाको गोलकोष्टमा भएको अन्तराष्ट्रिय फुटसल प्रतियोगितमा सहभागी टोलीलाई एक कार्यक्रमबीच सम्मान गरे ।

उक्त प्रतियोगितामा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्रीले यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । सोही अवसरमा अफिसियल दिलबहादुर बुढाथोकी र सुमन तिमल्सिना पनि सम्मानित भए ।