लन्डन, (एजेन्सी)
अमेरिका, इजरायल र इरानबीच भएको हालै घटनापछि विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा इरानकोे फुटबल टोलीको सहभागितामा प्रश्न उठेको छ । त्यसो त अहिलेसम्म आधिकारिक रूपमा केही घोषणा भएको छैन । हालको घटनापछि इरानको सहभागिता नहुने संभावना बढेको संचारमाध्यमहरूले जनाइरहेको छ ।
आगामी फिफा विश्वकप यही वर्षको जूनमा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुन गइरहेको छ । जसमा, इरान पनि त्यस प्रतियोगितामा सहभागि टोली हो ।
इरानले विश्वकपमा पछिल्ला समयमा एसियाको प्रतिनिधित्व लगातार गरिरहेको छ । इरानले पछिल्लो समयमा लगातार तीन विश्वकपमा सहभागिता जनाइसकेको छ भने आगामी विश्वकप टोलीको लगालग चौथो सहभागिता पनि हो ।
अमेरिका र इजरायलले इरानमा हमला गर्दा त्यस हमलामा परेर त्यहाँका सर्वोच्च नेता आयातुल्लाह खामेनीको निधन भएको थियो । यो कारणले गर्दा इरानी फुटबल टोलीले अमेििरकामा खेल्न कठिन नै हुने केही मिडियाले बताइरहेको छ ।
विश्वकप आयोजना हुन लगभग १ सय दिन मात्रै बाँकी रहेको छ । यस विश्वकपमा इरानले समूह चरणका खेलहरू अमेरिकामै खेल्ने तालिका रहेको छ । एसियाबाट छनोट भएको इरानले समूहमा बेल्जियम, नेदरल्यान्ड्स र इजिप्टविरुद्ध खेल्नु पर्नेछ ।
इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले आगामी विश्वकपमा खेल्ने मुश्किल भएको बताएका छन् । उनले एक टेलिभिजनमा बताएका थिए –अमेरिका हमलापछि हाम्रा लागि विश्वकपमा भाग लिन मुश्किल नै हुनेछ ।
यदि, इरानले नखेलेमा यसको विकल्प फिफाले कुनै टोलीलाई खेलाइनेछ । तर, इरानको भरपाई भने हुन सक्ने छैन । यसले विवाद पनि उत्पन्न हुन सक्नेछ । साथै प्रतियोगिताको संरचनामा पनि यसको व्यापक प्रभाव पर्न सक्नेछ ।
हालै पनि भारत र श्रीलंकामा भइरहेको टी २० विश्वकपबाट बंगलादेशले नाम फिर्ता लिँदा त्यस टोलीको स्थानमा स्कटल्यान्डले खेलेको थियो । तर, बंगलादेशको अनुपस्थितमा स्कटल्यान्डले राम्रो प्रदर्शन गर्न सकेन ।











प्रतिक्रिया