नवलपरासी।
कृषि,पर्यटनसंगै ग्रामिण तथा सहरी बस्तीहरूलाई जोड्ने आलाेक चक्रपथ पूरा गर्न स्थानीय उम्मेदवार ओम बहादुर घर्ती मगरले प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस नवलपरासी पूर्व क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घर्ती मगरले यहाँको ३८ किलोमिटर लामाे आलाेक ग्रामीण सडकले दीर्घकालीन एवं रणनैतिक महत्त्व बाेकेकाे बताउदै यसकाे विकासमा जाेड् दिएको बताए ।
आलाेक चक्रपथले सदरमुकाम कावासाेती नगरपालिका,तराई र पहाडमा फैलिएको हुप्सेकाेट गाउँ पालिका र देशकै मध्यभाग मध्यविन्दु नगरपालिकामा फैलिएको छ ।
स्थानीय हुप्सेकाेटसहित पूर्वी पाल्पाका पहाडी क्षेत्र जोड्ने मुख्य नाका झ्यालबास बाट सुरू हुने याे चक्रपथ डण्डा,काेल्हुवा,चाेरमाारा,बशन्तपुर,गिरूवारी हुँदै नेपालकै ठूलाे धाैेवादी फलाम खानीकाे प्रवेश द्वारसंग जाेडिने स्थानीयहरू बताउँछन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्गसंग जाेडिने याे पथकाे निर्माणले स्थानीयलाई शिक्षा,स्वास्थ्य र कृषकका उत्पादनलाई बाह्य बजारसंग जाेड्न पनि सहायक हुने हुँदा यसकाे पूर्णतामा कटिबद्ध भएर लाग्ने युवा उम्मेदवार घर्ती मगरले बताए ।
साथै उनले समग्र क्षेत्रकै आवश्यकता बुझेको र यसकाे समान विकासमा आफू याेजनागत ढङ्गले लागेकाे बताउदै आएका छन् ।
स्थानीयहरू घर्तीको उम्मेदवारीले यस क्षेत्रकाे बिकास हुने कुरामा आशा पलाएकाे बताउँदै उनलाई घरदैलो र मतदाता भेटघाटमा साथ दिईहेकाछन् । उम्मेदवार घर्ती मगरले पनि जनताका बिकाशबादी अपेक्षा पूरा गर्न सदा जनतासंगै रहेर काम गर्ने जनाएका छन् ।
यसरी दिनहुँ मतदाता भेटघाटका लागि घरदैलो गरि रहेका ओम घर्ती मगरले आइतबार त्रिवेणी क्षेत्रमा घरदैलो गरेकाे नेपाली काँग्रेस जिल्ला सदस्य आर पी उपाध्यायले बताए ।
त्रिवेणीमा आयोजित काेण सभामा घर्तीले गण्डकी प्रदेशकाे भारतसंग जाेडिने नाका सम्मकाे पहुँचका लागि दुम्किबास त्रिपेणी सडक खाेल्न अपरिहार्य रहकाे र यस कार्यमा पहल कदमी लिन आफू बचनबद्ध रहेको बताए ।
उनले स्थानीय क्षेत्रकाे बर्सेनि हुने डुबान तथा खहरेेहरूकाे कटान राेक्न नीति गत ढंगले लागि कुराले भन्दा कामले नै गरेर देखाउने त्रिवेणीबासी संग प्रतिज्ञा गरेका छन् ।
उनले यहाँको त्रिवेणी बजार,शिवपुर,रानीनगर, महलबारी लगायतका क्षेत्रमा घरदैलो गरी मतदातासंग मत मागेका छन् ।











प्रतिक्रिया