आगामी जेठ १५ गते रिलिजमा आउने फिल्म मितज्यूको फस्ट लुक्स सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ। फस्ट लुक्सले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को दिएको छ।
पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दुई पुरुष दयाहाङ राई र सौगात मल्लबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य प्रस्तुत गरिएको छ भने जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया फौजा मगर गम्भीर मुद्रामा बसेकी छन्।
गाडीको हुटमा कोसेलीका रूपमा सुँगुर, राडीपाखी, तरकारी राखिएको छ। उनीहरू कतै बसाइँ सरेका हुन् कि जस्तो पनि लाग्न सक्छ। साथै छेउमा डोको र गाग्री पनि छ। यसले दर्शकमाझ उनीहरूको लडाइँ र तेरियाको त्यो बिरक्तलाग्दो अनुहारले दर्शकमाझ कौतूहलता जगाएको छ।
उनीहरूबीचको लडाइ“ तेरियाको लागि हो या अरू कुनैको लागि हो रहस्यमै छोडिएको छ। पोस्टरले फिल्ममा पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु रहेको संकेत गरेको छ।
अनिल बुढा मगरको निर्देशनमा निर्मित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतले अभिनय गरेका छन्। तेरिया मगरले अभिनेत्रीका यही फिल्मबाट डेब्यु गरेकी हुन्।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित फिल्ममा स्वर श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्ल, संगीत श्रीकृष्ण बम मल्ल, कोरियोग्राफी मिङ्मा लेप्चा, द्वन्द्व निर्देशन प्रभात विष्ट, छायाँकन शिशिर विशंखे र सम्पादन लोकेश बज्राचार्यको छ।











प्रतिक्रिया