सिड्नी, अष्ट्रेलिया ।
एभरेस्ट मार्शल आट्र्स एकेडेमीले अष्ट्रेलियाको प्रतिष्ठित ’ NSW (न्यू साउथ वेल्स) स्टेट अल स्टाइल कराँते च्याम्पियनसिप २०२६’ प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ। एकेडेमीले प्रतियोगितामा आफ्नो पहिलो सहभागितामै अविश्वसनीय सफलता हासिल गरेको हो ।

एकेडेमीले प्रतियोगितामा दुई वटा स्वर्ण र एउटा रजत पदक जित हात पारेको छ । एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले मेन्स भेट्रान (३०–४० वर्ष) समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नुभएको छ । त्यसैगरी, सिनियर महिला ७५ केजी तौल समूहमा लक्ष्मी भट्टले आफ्नो कौशल प्रदर्शन गर्दै अर्को स्वर्ण पदक थप्नुभयो। एकेडेमीका उदीयमान खेलाडी आयत महर्जनले ८–९ वर्षको जुनियर विधामा कडा प्रतिस्पर्धाकाबीच रजत पदक सुरक्षित गर्दै भविष्यको च्याम्पियनका रूपमा आफूलाई उभ्याउनुभयो। यो ऐतिहासिक उपलब्धिको लागि एकेडेमीले आफ्ना खेलाडी र प्रशिक्षकहरूको कडा परिश्रम,मेहनत र अनुशासनको प्रशंसा गरेको छ।

एनएसडब्लुमा एभरेस्ट एकेडेमीले छोटै समयमा राम्रो प्रगति गरेको छ । यो सफलताले एकेडेमीको कद उच्च हुँदै गएको र यो एउटा गौरवशाली यात्राको सुरुवात मात्र भएको एकेडेमीको भनाइ छ। एकेडेमिले मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनको कडा मेहनत र अथक परिक्षमका कारण यो उपलब्धी हासिल भएको भन्दै उहाँको समेत प्रशंसा समेत गरेको छ । पहिलो सहभागितामै तीनवटा पदक हात पार्नुले बिदेशमा पनि आगामी दिनमा नेपाली मार्शल आट्र्सको स्तर अझ माथि पुग्ने स्पष्ट संकेत दिएको छ।











प्रतिक्रिया