निर्वाचन आचार संहिता विपरित बिक्री वितरण गरिरहेको टिसर्टहरु नियन्त्रण


उदयपुर ।

    जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतबाट खटिएको प्रहरीले शनिबार उदयपुरको गाईघाट बेल्टार र कटारी बजारबाट प्रतिनिधिसभा निर्वाचन २०८२ का उमेदवार सदस्यहरुको फोटो अंकित होलीमा प्रयोग गरिने टिशर्टहरु नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका टिशर्टहरु निर्वाचन ाभार संहिता विपरित उम्मेदवारको फोटो अंंकित गरेर होलीकोलागि बिक्री वितरण गर्न ल्याइएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरे दिएको जानकारी अनुसार शनिबार निर्वाचन आचार संहिता विपरित उम्मेदवारको फोटो अंकित होलीमा लगाउन बिक्री वितरण गर्न ल्याइएको अवस्थामा कपडा पसलबाट १८२ थान नियन्त्रणमा लिइएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवारहरुको फोटो सहित सो टिशर्ट छापिएको र उदयपुरको त्रियुगा नगरपालिका ११ र १२ गाईघाट बजार, चौदण्डीगढी नगरपालिका वडा नं ७ बेल्टार बजार, कटारी नगरपालिकाको वडा नं ३ र ४ को कटारी बजारमा रहेका विभिन्न कपडा पसलहरुबाट उकत संख्यामा टिशर्टहरु बरामद गरिएको हो ।