काठमाडौँ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार प्रसाईँलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिनेछ। यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ गते रिहा भएका थिए।
प्रशासनले पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्कामा उनलाई नियन्त्रणमा लिने र अदालतको आदेशमा छाड्ने क्रम दोहोरिँदै आएको जनाएको छ।











प्रतिक्रिया