काठमाडौँ ।
विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सात गन्तव्यका उडान आज दिउँसो र रातिका लागि रद्द गरिएको छ।
शारजहा, दोहा, दुबई, कुवेत सिटी, आबुधाबी, कतार र दमाम विमानस्थलतर्फ हुने उडान प्रभावित भएका हुन्। विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार ती गन्तव्यमा उडान प्रतिबन्ध लगाइएकाले नेपालबाट हुने सबै उडान अस्थायी रूपमा स्थगित गरिएको हो।
उडान कहिलेबाट पुनः सञ्चालन हुन्छ भन्नेबारे सम्बन्धित निकायबाट निर्णय भएपछि जानकारी गराइने विमानस्थल कार्यालयले जनाएको छ।
यसैबीच, यात्रुलाई विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी आफ्नो उडानको अवस्थाबारे यकिन गर्न अनुरोध गरिएको छ।











प्रतिक्रिया