कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन २३औँ वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मण रायमाझी अध्यक्षमा सर्वसम्मत


काठमाडौं ।

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्था को २३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। सभाले लक्ष्मण रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षत्रयमा अमरसिंह थापा, आदेश्वर बुढाथोकी र राजेशकुमार सुवेदी चयन गरेको छ । । सचिवमा गोविन्दप्रसाद पौडेल, कोषाध्यक्षमा सुरेश खत्री तथा सहसचिवमा इन्दिरा रिजाल सर्वसम्मत चयन भएका छन्।

यसैगरी सदस्यहरूमा सुरेन्द्रकुमार दाहाल, सुन्दरकुमार थापा,जन्गनाथ अधिकारी गोविन्द सुवेदी, केशव सुवेदी, ध्रुवहरि रिजाल, ईश्वरी केसी, बलराम श्रेष्ठ, शारदा कार्की, रामकृष्ण श्रेष्ठ, शान्तराम थापा मगर, भीमभक्त श्रेष्ठ, रमेश खत्री, प्रकाशमान सिल्पकार लगायत रहेका छन्। साधारणसभाको अवसरमा संस्थालाई विभिन्न रूपमा सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

संस्थाले मन्दिर संरक्षण, सरसफाइ, सामाजिक सचेतना तथा समाज सुधारसम्बन्धी गतिविधिमा योगदान पुर्‍याउने महानुभावहरूको प्रशंसा गर्दै सम्मानपत्र प्रदान गरेको जनाएको छ। कार्यक्रमको उद्घाटन काठमाडौ महानगरपालिकाका पूर्व मेयर बिद्यासुन्दर शाक्य ले गरेका थिए। उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले मन्दिर संरक्षण मात्र नभई समाज सुधारको उद्देश्यसहित स्थापना भएको संस्थाले उदाहरणीय कार्य गर्दै आएको बताए।

उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै सामाजिक एकता, नैतिक मूल्य र समुदाय विकासका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। ‘महानगरवासीका लागि यो संस्था प्रेरणाको स्रोत बनेको छ। मन्दिर संरक्षणसँगै समाज सुधारका गतिविधि अघि बढाउनु सकारात्मक र अनुकरणीय काम हो,’ उनले भने।

नवनिर्वाचित अध्यक्ष लक्ष्मण रायमाझीले संस्थाको उद्देश्यअनुसार मन्दिर संरक्षण, धार्मिक तथा सांस्कृतिक गतिविधिको प्रवर्द्धन र समाज सुधारका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। संस्थाले आगामी कार्यकालमा मन्दिर क्षेत्रको भौतिक पूर्वाधार सुधार, नियमित सरसफाइ, धार्मिक कार्यक्रमको व्यवस्थापन तथा समुदाय लक्षित सामाजिक अभियानलाई प्राथमिकतामा राख्ने जनाएको छ।