काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकामा आज बिहानैदेखि चुनावी प्रचार–प्रसार अभियान सुरु गरेको छ। अभियानमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायत नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेताहरूले पशुपतिनाथ मन्दिरमा दर्शन गरी औपचारिक रूपमा प्रचार अभियानको शुभारम्भ गरेका हुन्।
यसै क्रममा बालेन काठमाडौँको मनमैजु क्षेत्रमा पनि पुगेका थिए। कार्यक्रममा डीपी अर्याल,काठमाडौँ क्षेत्रनम्बर ६ का उम्मेदवार शिशिर खनाल लगायत अन्य नेता तथा कार्यकर्ताहरूको समेत सहभागिता रहेको थियो।















प्रतिक्रिया