उदयपुर ।
यही फागुन २१ गतेका दिन हुने भनिएको प्रतिनिधिसभा निर्वाचन २०८२ मा उदयपुरको दुबै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ३८ हजार९सय २६ मतदाता रहेका छन् । ति मतदाताहरुकालागि पायक पर्ने गरी १०३ वटा मतदानस्थल र २सय ७५ वटा मतदान केन्द्रहरु तोकिएका छन । अधिकांश मतदान सथल र केन्द्र विद्यालयमा राखिएको छ भने यसका अलावा वडा कार्यालय र कारागारमा पनि मतदानस्थल र केन्द्र तोकिएको छ ।
उदयपुरका जिल्ला निर्वाचन अधिकृत दिपक दाहालले दिएको जानकारी अनुसार निर्वाचन क्षेत्र नं १ मा ३ नगरपालिमा पर्ने र ३५ वटा वडाहरु रहेका छन् । ति ३५ वटा वडाको विभिन्न विद्यालयमा गरी ५२ वटा मतदानस्थल र १ सय ६० वटा मतदान केन्द्र रहेका छन् ।
१ नं निर्वाचन क्षेत्रमा कुल १ लाख ४२ हजार ८ सय ४ जना मतदाता रहेकोमा पुरुष मतदाताको संख्या ७१ हजार ४ सय ५२ जना र महिला मतदाताको संख्या ७१ हजार ३ सय ५० जना र अन्य २ जना रहेको जिल्ला निर्वाच अधिकृत दाहालले बताउनु भयो ।











प्रतिक्रिया