दुबई ।
इरान र इजरायलबीचको द्वन्द्व थप चर्किँदै जाँदा त्यसको प्रभाव अब खाडी क्षेत्रका अन्य मुलुकहरूमा समेत देखिन थालेको छ। संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै रोकिए पनि तिनका भग्नावशेष खस्दा कम्तीमा एक जनाको मृत्यु भएको जनाइएको छ।
यूएईको सरकारी समाचार एजेन्सीका अनुसार उक्त आक्रमण राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन हो। यूएईले यसलाई उत्तेजक कदमको संज्ञा दिँदै आवश्यक परे कडा जवाफ दिने चेतावनी दिएको छ।
यसैबीच, बढ्दो युद्ध जोखिमका कारण Turkish Airlinesले कतार, कुवेत, बहराइन, ओमान, लेबनान, सिरिया, इराक, इरान र जोर्डनका लागि आफ्ना सबै उडानहरू रद्द गरेको जनाएको छ।खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई पनि निशाना बनाइएको छ। इरानले कतारस्थित अल–उदेद एयर बेस, कुवेतको अल–सालेम एयर बेस, संयुक्त अरब इमिरेट्सको अल–धाफ्रा एयर बेस तथा बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक आधार शिविरलाई निशाना बनाएको दाबी गरेको छ।
खाडी क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय समुदायको चासो बढाएको छ।











प्रतिक्रिया