तेल अविवस्थित नेपाली दूतावासको उच्च सतर्कता अपिल


काठमाडौँ ।

मध्यपूर्वमा बढ्दो सुरक्षा संवेदनशीलताका बीच इजरायलस्थित नेपाली राजदूतावास ले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले एक एडभाइजरी जारी गर्दै हालको अवस्थालाई सूक्ष्म रूपमा नियालिरहेको जनाएको छ।

दूतावासले होम फ्रन्ट कमान्ड लगायत इजरायली सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ। सकेसम्म घरभित्र सुरक्षित रहन, अन्य नेपालीसँग सम्पर्कमा रहन तथा सुरक्षित स्थान वा तोकिएका बङ्कर (सेल्टर) नजिकै बस्न सुझाव दिइएको छ।

साथै, सम्बन्धित इजरायली निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्न र स्थानीय समाचार तथा आधिकारिक आपतकालीन सूचनाको निरन्तर निगरानी गर्न पनि दूतावासले आग्रह गरेको छ। शनिबार इजरायल र अमेरिका ले संयुक्त रूपमा इरान मा हमला गरेपछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको जनाइएको छ।