उदयपुर एकमा नेकाको प्रतिवद्धतापत्र सहित घरदैलो कार्यक्रम

470
Shares

उदयपुर ।

यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उदयपुरको निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका विदुर बस्नेतले ६ बुँदे प्रतिवद्धतापत्र सहित घरदैलो अभियानमा जुटेका छन् ।


उदपुरको १ नं निर्वाचन क्षेत्रमा त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका पर्दछ । यस अघिका निर्वाचनमा यस क्षेत्रबाट डा. नारायण खड्काले पटक पटक नै जितेका थिए । तर यस पटक जेनजी आन्दोलनको असरले गर्दा र पहिले जनाका माझमा वाचा गरेका प्रतिवद्धताहरु सगरमाथा विमानस्थल बनाइृदने आश्वासन दिएका थिए ।

गाईघाट फत्तेपुर सडक खण्डमा पर्ने खोला खहरेहरुमा पक्कीपुल, सिंचाई,कुलो, खानेपानी लगायतका भौतिक पुर्वाधार तथा अन्य कामहरु गर्ने प्रतिवद्धता गरेका थिए । आफूले वाचा गरेका काम पुरा गर्न नसकेकोले एकदुई विद्यालय भारतीय दुतावासको सहयोगमा निर्माण गर्नु बाहेक अरु काममा ध्यान नदिएको हुँदा जनताबाट तिरस्कृत हुने भयले उम्मेदवारी नदिने घोषणा गरेका थिए ।

नेपाली कांग्रेसको विशेष महाधिवेसन पक्षधरका बस्नेत नेपाली कांग्रेस उदयपुरका पूर्व सभापतिसमेत रहेको र उदयपुरका १ ंनं निर्वाचन क्षेत्रका जनतासँग भिजेका स्थानीयका समस्याका बारेमा जानेका बुझेका र जनताका माझमा लोकप्रिय भएका कारण नेपाली कांग्रसका तर्फबाट प्रतिनिधिसभा सदसय पदमा उम्मेदवारी दर्ता गराएको भए पनि विगतमा डा. खड्काले काम नगरेको कारण यस पटक जे सुकै प्रतिवद्धता गरे पनि मतदाताहरुले मत परिवर्तन गर्न सक्ने समभावना रहेको गाउँघरमा चर्चा चुलिएको छ ।

अहिले आफ्नो ६ बुँदै प्रतिवद्धतापत्र सहित घरदैलो अभियानमा जुटिरहेका बस्नेतले प्रतिवद्धतापत्रमा कृषि सिंचाई तथा नदी नियन्त्रण,सडक सञ्जाल निर्माण, भौति पूर्वाधार निर्माण तथा उद्योग स्थापना, शिक्षा तथा स्वास्थ्य, संस्कृति तथा पर्यटन र भूमि सम्बन्धी समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।

बस्नेतले आफू विजयी भएमा आफूले प्रतिवद्धतापत्रमा उल्लेख गरेका कामहरु गरेर देखाउने बताएका छन । उनले घरदैलो कार्यक्रममा जनताका समस्यामा सधैँ साथमा रहने र विकास निर्माणका कामहरुमा निरन्तर जनताको साथमा रहेर काम गर्न आफू प्रतिवद्ध रहेको बताउने गरेका छन् ।

विगतमा डा. खड्काले अघि सारेका योजनाहरु नै बस्नेतले पनि आफ्नो प्रतिवद्धतापत्रमा अघि सारेको र नयाँ विषय बस्तु खासै केही नभएकोले पनि नेपाली काँग्रेसका मतदाताहरुले नै मत बद्लेर अन्य दलको चुनाव चिन्हमा मत जान सक्ने सम्भावना बलियो बन्दै गएको बेलका र चौदण्डी नपाका मतदाताका बिचमा निकै चर्चा हुने गरेको छ ।

मतदाताहरुका अनुसार नेपाली कांग्रेस नेपालको ऐतिहासिक दल भए पनि आफ्नो पुरानो साखलाई जोगाउन नसकेको, आपसी द्वन्द्व र किचलोमा जकडिएको मतदाताका कुरामा ध्यान नदिएर स्वार्थगत कुरामा लागपछि पुराना मतदाताहरु नेकाको विकल्पमा अन्य दलमा आवद्ध हुन थालेको चर्चा पनि चलेको छ ।