धनुषामा युवकको हत्या प्रकरणमा प्रेमिका सहित तीन पक्राउ


काठमाडौँ ।  

धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।

गत फागुन १४ गते अपरान्ह करिब ४ बजे औरही गाउँपालिका–६ चक्करस्थित भित्री सडक खण्डभन्दा करिब ३०० मिटर पूर्व मसुरी खेतमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको थियो। मृतकको पहिचान हंसपुर नगरपालिका–९ बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलका रूपमा भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।