पार्टीका नेताहरूलाई नयाँ ढंगले अघि बढ्न आग्रह : महामन्त्री पौडेल


काठमाडौँ ।  

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनले शनिबार भिडियो सन्देशमार्फत मतदाताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूलाई ऊर्जा दिएको बताए।

पौडेलले देशभरका नेता–कार्यकर्तालाई मतदातासँग पहुँच बढाउन आग्रह गर्दै राजनीतिका तमाम विकृति सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन्। उनले काठमाडौं–५ का मतदाताबाट पनि स्नेह प्राप्त भएको बताए र आफू अत्यन्त उत्साही भएको व्यक्त गरे।