झापा ५ मा ओलीको घरदैलो अभियान तीव्र


काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा चुनावी अभियान तीव्र पारेका छन्। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उनले दमक लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। दमक नगरपालिकाका विभिन्न वडामा पुगेका ओलीसँग स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानको माग गरेका थिए।

ओलीले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजना पूरा गर्दै झापा ५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। उनका घरदैलो कार्यक्रमले क्षेत्रको चुनावी माहोल थप तातेको छ।