काठमाडौँ ।
निर्वाचन, होली पर्व र लामो सार्वजनिक बिदाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार फागुन १९ गतेसम्म करिब आठ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। नियमित रुटमा सवारी थप गरिए पनि ‘रिजर्भ’ गरेर जाने यात्रुको सङ्ख्या उच्च रहेको बताइएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एक हप्तामै करिब तीन लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने सडकमा सवारी चाप झन्डै ५० प्रतिशतले घटेको छ। अधिकांश ट्राफिक प्रहरी निर्वाचन सुरक्षामा खटिएकाले सडकमा उपस्थिति पनि पातलो देखिएको छ।
यसैबीच निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सबै सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको जनाएको छ। एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी भने सञ्चालनमा रहनेछन्।











प्रतिक्रिया