काठमाडौं ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना छ।
आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने अनुमान गरिएको छ भने कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।











प्रतिक्रिया