नवलपरासी।
नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले चुनाव नजिकिँदै जाँदा प्रचार प्रसार ताते पनि मतदाता तात्न नहुने बताएका छन् ।
निर्वाचनकाे माहौल हाे, चुनावमा प्रचारक तात्लान्, कार्यकर्ता तात्लान् हामी तातौला,संहालिओैंला तर पनि देश विकास र संचालनकाे भविष्य जिम्मा लगाउने कुरामा जनता संयमित हुनै पर्ने कुरा शर्माले सुझाएका हुन् ।
शर्माले साे कुरा बिहीबार नवलपरासी पूर्वको क्षेत्र नम्बर २ द्वारा दुम्किबासमा आयाेजित चुनावी सभालाई सम्बोधन गर्दै बताएका हुन् ।
शर्माले भने लाेकतन्त्रमा मतदाताले संयमित भएर २/४ दिन बिचार बिमर्श गरेर मतदान गर्ने हाे,किनकी १ पटक गरिने मतदान क्षणभरका लागि नभई ५ वर्षका लागि हाे ।

चुनावी प्रचारमा भनिने गरेकाे चुपचाप छाप भन्ने कुरा कसैसंगकाे रिस र आवेगमा पनि गर्ने हाेईन,आलाे पालाेे बाड्ने गरि पनि हाेईन लाेकतन्त्रमा मतदाताले देश चलाउन सक्ने सक्षम शक्तिलाई चिनेर भाेट गर्नु पर्ने शर्माले बताए ।
शर्माले इतिहास काेट्याउदै भने हामीलेे मत फेर्ने कुरामा हुने गल्ती २०६४ कै निर्वाचन बाट पाठ सिकी सकेका छाैं जसले संविधान दिन सकेन र २०७० काे निर्वाचन मार्फत सबै दलहरूकाे सहयाेगमा काँग्रेस नेतृत्वको सरकार भएकै बखत २०७२ मात्र मुलुकमा लोकतान्त्रिक संविधान जारी भयाे ।
यही कुराले लाेकतन्त्रलाई ठीक ठाउँमा ल्याउने भनेकै मतदाताले हाे,त्यसैले साेच्नु हाेस आफैलाई प्रश्न गर्नु हाेस कसलाई मतदान गर्दा देेश बन्छ,देश बनाउने र चलाउने कुरामा साेच बिचार गरेर मात्र मत खसाल्न शर्माले मतदातासँग आग्रह गरे ।
उपसभापति शर्माले एउटै क्षेत्र र भूगोलमा रहने हामी सबैे दल र उम्मेदवारहरू बीच पनि स्वस्थ्य प्रतिस्पर्धा आवश्यक रहेकाे बताउदै चुनाब प्रचार प्रशारमा शान्ति र संयमता पूर्वक लाग्नु पर्ने बिचार व्यक्त गरेका थिए ।
देश भर काँग्रेसका पक्षमा चुनावी माहौल राम्राे बन्दै गएकाे छ काङ्ग्रेसको याेजना,संकल्प र प्रतिबद्धता पूरा गर्न आफ्ना उम्मेदवारलाई भारिमतले जिताउनु सभामा शर्माले सबैसंग आग्रह गरे ।
अघिल्लाे दिन पूर्व पश्चिम राजमार्ग हुँदै त्रिवेणी पुगेका शर्मासँगै पश्चिम नवलपरासीकाे १ चाैपत्तामा स्थानीय काग्रेस उम्मेदवार विनोद चाैधरी, २ नम्बर क्षेत्रकाे परासीमा उम्मेदवार भिम थापा (भरत) र दम्किबास सभामा युवा उम्मेदवार ओम थापाले सम्बोधन गरेका थिए ।काङ्ग्रेसको दम्किबास चुनावी सभा सकेर शर्मा बेलुका कास्कीको पाेखरा तर्फ लागेका छन् ।











प्रतिक्रिया