उदयपुर ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले यही फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनको अघिपछि निर्वाचनको अवधिभरी दैनिक रुपमा प्रवाह हुँदै आएको अत्यावश्यक प्रशासकीय सेवा बाहेकका सेवा तीन दिन बन्द हुने जनाएको छ ।
निर्वाचन सम्पन्न गर्नकालागि कर्मचारीहरु खटिने भएकोले कार्यालयमा कर्मचारीको अभाव हुने र निवाशृचनकालागि तालिम लिनु पनेृ, मतदान कैन्द्रमा खटिनु पर्ने लगायतका कारणले फागुन १७ गतेदेखि १९ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने । २०,२१ र २२ गते सरकारले विदा दिएका कारण सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रजिअ बिक्रमप्रसाद पाण्डेका अनुसार निर्वाचन कार्यकालागि स्थानीय रुपमा १७ गतेदेखि १९ गतेसम्म र संघीय सरकारले २०,२१ र २२ गते विदा दिइएको छ भने २३ गते शनिबार परेकोले २४ गते आइतबारदेखि कार्यालय सञ्चालन हुनेछ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुने भएकोले अधिकांश कर्मचारीहरु मतदान गराउने कार्यमा खटिने भएकोले कार्यालयको काम हुन नसक्ने भएकोले सबदा दिइएको भए पनि शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी जस्ता अत्यावश्यक सेवा भने सञ्चालन भने तोकिएका कर्मचारीहरुबाट सञ्चालन हुने पाण्डेले बताए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गर्दै सर्वसाधारणकालागि यो जानकारी गराइएको र सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरिएको छ ।











प्रतिक्रिया