किसानको खेतमा मल पुर्‍याउने र पहाडमा बाँदर धपाउने योजना कांग्रेसमा रहेको सभापति थापाको उद्घोष 

भड्किला भाषणले देश बन्दैन

564
Shares

बुटवल। 

नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले किसानको खेतमा मल पुर्‍याउने र पहाडमा बाँदर धपाउने योजना कांग्रेसमा रहेको उद्घोष गरे । सभापति थापाले सामाजिक सञ्जालमा अड्केर नबस्न र जनताको घर–घरमा गएर कांग्रेसका एजेन्डा बताउनु आग्रह गरे। सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई  आग्रह गदै केही दिनमात्र बाँकी छ यो अवसरलाई क्यास गर्न र सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् निर्देशन गरे ।

शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई संबोधन गर्दै सभापति थापाले भड्किला भाषणले देश नबन्ने बताउँदै सबै शक्तिबिचको सन्तुलन मिलाएर देश सम्हालने ताकत काँग्रेससंग मात्रै रहेको बताए । आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाई समेत मिलाएर अगाडि बढ्ने तागत कांग्रेसमा मात्र रहेको समेत बताएका हुन् ।

 उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए ।  सभापति थापाले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भन्नु भयो, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रूखमा मतदान गरेर कांग्रेसलाई जिताउँ आग्रह गर्नुहोस् । सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता –कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । 

कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे । 

‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । यो कांग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ । यो कांग्रेसले मौका पाउनुपर्छ ।