काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूमाथि प्रमाण रहेको दाबी गर्दै आएका गगन थापाप्रति कटाक्ष गरेका छन्।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध प्रमाण रहेको भनिएको ६५८ दिन बितिसक्दा पनि त्यसको पुष्टि हुन नसकेको दाबी गरे। अब आफूलाई प्रमाण नचाहिएको भन्दै उनले व्यंग्य गरे।
लामिछानेले भने, “मलाई धेरै नबोल, तिखो नबोल, चर्को नबोल भन्छन्। म परे रवि लामिछाने। अलिअलि नघोची हुँदैन। मलाई टुच्च–टुच्च नघोचेको भए म पनि चुप लाग्थें नि। ठाउँ–ठाउँबाट घोचिरहन्छन्। ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, अब चाहिँदैन प्रमाण। मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भयो। म चितवनबाट भन्छु, मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला।”
उनले आफ्नो पार्टी मागेर देश बनाउने पक्षमा नरहेको स्पष्ट पार्दै श्रम र उत्पादनमा आधारित ‘गरिखाने देश’ निर्माण गर्ने अडान दोहोर्याए।











प्रतिक्रिया