अमेरिकी पप सुपरस्टार टेलर स्विफ्टको नया एलबम द लाईफ अफ अ शो गर्लमा समावेश ओपलाईट बोलको गीत बीलबोर्ड हट हन्ड्रेडको पहिलो स्थानमा आएको छ।
उनको १२औं स्टुडियो एलबम सो गीत बीलबोर्ड हट हन्ड्रेडको पहिलो स्थानले हासिल गरेस“गै सो स्थान ओगट्ने यो १४औं गीत बनेको छ। हालै गीतले सफलता पाएपछि स्विफ्टले सामासजिक सञ्जालमा रेकर्डिङ सेसन र म्युजिक भिडियो छायांकनका केही बिहाइण्ड द सिन मुमेन्ट सार्वजनिक गर्दै दर्शकसमक्ष्ँ खुशी साटेकी छन्।
पहिलो भिडियोमा उनी बिना मेकअप आफ्नै प्राकृतिक गोल्डेन हेयरमा स्टुडियोमा देखिन्छिन्। अर्को क्लिपमा उनी ९० को दशकबाट प्रेरित म्युजिक भिडियोका लागि कोरियोग्राफरस“ग रिहर्सल गरिरहेकी देखिन्छिन््। म्युजिक भिडियो सेटको अर्को दृश्यमा ३६ वर्षीया गायिका बहुरङ्गी फुल–स्लीभ टी–शर्ट, डेनिम ज्याकेट र पाइन्टमा ब्राउन विग लगाएर आफ्नो पात्रमा देखिन्छिन्। ‘मेरो जीवनमा कहिल्यै यति आफूजस्तै महसुस गरेको थिइन्। वास्तवमै म यस्तै हुनका लागि बनेकी ह“ु’ एक क्लिपमा उनले भनेकी छन्। पोस्टको अन्त्यमा उनीहरू श्याम्पेनसहित सफलताको खुसी मनाउ“दै गरेको तस्बिर समावेश गरिएको छ।
स्विफ्टले सन् २०१४ मा रिलिज भएको आफ्नो चर्चित एल्बम १९८९ पछि पहिलोपटक एउटै एल्बमका दुई गीत हट हन्ड्रेडको नम्बर १ मा पुगेको उल्लेख गरेकी छन्। ‘झन्डै १२ वर्षपछि एउटै एल्बमबाट दुई वटा गीत हट हन्ड्रेड को पहिलो स्थानमा आउनु मेरो लागि अविश्वसनीय छ’, उनले लेखेकी छन्।
ओपलाइट नम्बर एकमा आउनु अघि एल्बमको पहिलो अर्को गीत द फेट अफ ओफेलियाले १० हप्तासम्म बील बोर्डको शीर्ष स्थान ओगटेको थियो। उनले आफ्नो सफलताको कारण दर्शक श्रोता भएको भन्दै धन्यवाद दिएकी छन्।











प्रतिक्रिया