काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगञ्ज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रवक्ता सुरेश न्यौपानेका अनुसार भारतीय चोरीका तीन वटा गाडी आर्थिक लेनदेन गरी दर्ता गरेको र बाहिर हल्ला भएपछि संलग्न कर्मचारीहरूले ती गाडीमध्ये एउटा गाडीको दर्ता बदर गरेकोले कारबाहीको माग गर्दै आयोगमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले उनीहरूलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।











प्रतिक्रिया