देशको समस्या पहिचान गरी समाधानका लागि सच्चिएर आएका हौँ :  उपसभापति शर्मा

376
Shares

बुटवल। 

नेपाली काँग्रेसका  उप–सभापति विश्व प्रकाश शर्माले देशमा परिवर्तन ल्याउनका लागि आफ्नो पार्टी परिवर्तन भएर आएको बताएका छन् । देशको विकास र देशमा परिवर्तन ल्याउन आफ्नो पार्टीले नयाँ  जोसजागरका साथ नेतृत्व परिवर्तन गरेर तपाईँहरूको माझ आएको बताउनु भएको हो ।

नवलपरासीको परासीमा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितिद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै नेता शर्माले आफ्नो पार्टीले देशको समस्याहरु पहिचान गरी  सोको समाधान गर्न सच्चिएर आएको जिकिर गर्दै देशको असल मुद्दा तथा जेनजीको भावना अनुसार काम गर्ने गरी  अगाडी बढिरहेकाले उक्त पार्टीलाई विश्वास गर्न सबैलाई आग्रह गरे।

नेता शर्माले, अहिले देशमा जेनजी तथा जनताको बहस र छलफलमा चलिरहेको पुरानो पार्टी खतम भयो नयाँ पार्टीलाई परिवर्तनका लागि रोज्ने सन्दर्भमा जेनजी र आम सबै मतदाताहरुलाई सम्बोधन गर्दै भन्नु भयो, यदि पुरानो चाहिने हो भने सबै भन्दा पुरानो दल नेपाली काँग्रेस हो यदि नयाँ चाहियो भने सबै भन्दा नयाँ परिवर्तन भएर आएको पार्टी पनि काँग्रेस नै रहेको चर्चा गरे । हामीले गल्ती भएका कामलाई सच्चाएर जाने, खराब कामलाई छोडेर जाने र राम्रो कामलाई अंगालेर अगाडी बढी देश विकासमा योगदान पु¥याउन पार्टी सुध्रिएर आएको जिकिर गरे ।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति महेन्द्र सेन ठकुरीले आफ्नो पार्टी परित्याग गरी कांग्रेसमा  प्रवेश गरेका हुन् । पार्टीमा प्रवेश गरी  सभा सम्बोधन गर्ने क्रममा रास्वपाले यस जिल्लामा टिकट वितरणमा आफू कार्यकर्ताहरुको मनसाय विपरीत आर्थिक चलखेल गरी वितरणको आरोप लगाए ।

 सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डा बोकेको पार्टीले आफै उम्मेदवार छनौट र टिकट वितरणमा नै आर्थिक चलखेल र अनियमितिा गर्ने पार्टी देखिएकोले यसले देशमा  सुशासन कायम गर्छ भनी कतिको विश्वास गर्न सकिन्छ भनी चिन्ता व्यक्त गरे । आमसभामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले यसपटकको निर्वाचन संविधान जोगाउने पक्षमा मतदान गर्न आग्रह गरे । केन्द्रीय सदस्य राधेश्याम पाठकले देशलाई विकास र निकाक दिन गगन सरकार आवश्यक रहेको बताए । त्यस्तै नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य एव पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कन्डेलले जिल्लाको चौतर्फी बिकसका लागि यश क्षेत्रका दुबै उम्मेदवारलाई जिताउन सबै खाले मनमुटाब छोडेर भिड्न आग्रह गरे।