प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित निर्वाचन प्रचारप्रसार सम्वन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न


धुन्चे, रसुवा ।

जिल्ला निर्वाचन कार्यालय रसुवा द्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित निर्वाचन प्रचारप्रसार सम्बन्धि अन्तरक्रिया कार्यक्रम फागुन १३ गते धुन्चे सम्पन्न भएकाे छ ।

जिल्ला स्थित क्रियाशील सन्चारकर्मि हरू संग आयाेजना गरिएकाे कार्यक्रम मा निर्वाचन आचारसंहिता,मतदाता सचेतना,निष्पक्ष सुचना प्रवाह तथा सन्चार माध्यम काे के के भुमिका हुनुपर्छ भन्ने बारेमा कार्यालय प्रमुख राजन रायले प्रस्तुति करण गर्नुभएको थियाे ।प्रस्तुतिपछि सहभागी सन्चारकर्मि विच विस्तृत छलफल समेत भएकाे थियाे ।

कार्यक्रम मा पत्रकार महासंघ जिल्ला शाखा रसुवाका अध्यक्ष केशव पाैडेल,उपाध्यक्ष महेश्वर गजुरेल,रासस का ज्ञानेन्द्र न्याैपाने,नेपाल टेलिभिजन का सुशील काेईराला,कान्तिपुर मिडिया ग्रुपका वलराम घिमिरे,रेडियाे लाङटाङ का गिता न्याैपाने,रेडियाे रसुवा काे गंगा कुमारि मिजार,नेपाल समाचारपत्र दैनिक का सरस्वती न्याैपाने काे सहभागी रहेकाे थियाे