बिहीबार सुन तोलामा ६ सयले वृद्धि, चाँदी पनि महँगियो


काठमाडौ ।

काठमाडौंमा बिहीबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ७२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।