भक्तपुर
ललितपुरको डिएभी स्कुलले १७ औं संस्करणको प्रधान सेनापति अन्तर स्कुल टी २० कपको उपाधि जितेको छ । नेपाल प्रहरी स्कुल साँगालाई ३० रनले पराजित गर्दै डिएभीले उपाधि जितेको हो ।
भक्तपुरमा मंगलबार भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको डिएभीले ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । जवाफमा पुलिस स्कुलले १३ ओभरमा सबै विकेट गुमाएर ७६ रन मात्र जोंड्न सक्यो । योसँगैं डीएभीले एक लाख र पुलिसले ५० हजार नगद प्राप्त गरे । ११ विद्यालयका १२ टिमको सहभागिता रहेको प्रतियोगिता १० दिनसम्म चलेको थियो ।
सोही समारोहमा सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय भलिबल प्रतियोगिता २०८२ (छात्र तथा छात्रा समूह) का शीर्ष दुई टोलीहरूलाई नगद पुरस्कार दिइएको थियो । जसमा, छात्रतर्फ हिमरश्मि हाईस्कुल विजेता तथा सैनिक आवासीय महाविद्यालय उपविजेता बनेका थिए । छात्रातर्फ सैनिक आवासीय महाविद्यालय विजेता र सेन्ट लरेन्स कलेज उपविजेता बनेका थिए । दुबै विधामा विजेता र उपविजेताले समान ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।











प्रतिक्रिया