काठमाडौं।
आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ र लोयल्टी एकेडेमी पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
हात्तीवनस्थित घरेलु मैदानमा एलए ‘ए’ ले जेम्सलाई १२–० को भारी गोलअन्तरले पराजित ग¥यो । लोयल्टीले एलए ‘बी’ ४–२ गोलले हरायो । ब्वाइज फुटसलमा स्वस्तिश्री गुरुकुल र कान्जिरोवा सेमिफाइनलमा पुगे ।
टेबलटेनिसको यु–१३ ब्वाइज सिंगल्समा डिएभीका रिभान वज्राचार्य तथा गोल्डेन सिद्धार्थका मिराज तामाङले फाइनलमा स्थान सुरक्षित गरे । गल्र्स टिम इभेन्टमा एलए, प्रज्ञा, जेम्स र आरम्भले सेमिफाइनलमा स्थान बनाए ।
यु–१६ ब्वाइज सिंगल्समा आरम्भका निश्चल थापा, एलएका अर्पित केडिया, डिएभीका निर्भाना, युनाइटेडका एप्रिन्स सुवेदी, एलएका नियोन महर्जन, युनाइटेडका संस्कार श्रेष्ठ, श्रृष्टिका अर्नाड श्रेष्ठ र जेम्सका रितिश राजभण्डारीले क्वाटरफाइनल यात्रा तय गरे ।
बास्केटबलमा पुष्पसदनले दोहोरो जित निकाल्यो । गल्र्समा पुष्पसदनले एलएलाई ७–४ तथा ब्वाइजमा पुष्पसदनले आईएमएसलाई ३६–९ ले पराजित गरे । ब्वाइजको अन्य खेलमा ज्ञानोदयले एलआरआईलाई २२–५ तथा एलएले आईएमएसलाई २८–१६ ले हराए ।











प्रतिक्रिया