मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन


काठमाडौं।

प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको बुधबार औपचारिक उद्घाटन गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शरद भेषावकर र आयोजक मातृभूमि स्कुलकी प्रिन्सिपल प्रकृति केसी पन्तले सानोठिमीस्थित मातृभूमिमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । खेल भने बिहीबारदेखि मात्र हुनेछ । उद्घाटनकै अवसरमा भेषावकर र केसीले ट्रफी पनि सर्वाजनिक गरेका थिए ।

प्रतियोगितामा ८ छात्र टिमको सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

समूह ‘ए’ मा जनप्रेमी वल्र्ड स्कुल, विनायक शिक्षा निकेतन, ग्लोबल पब्लिक स्कुल र जेम्स तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, सहारा स्कुल, अक्षरा र मातृभूमि छन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।

पहिलो दिन मातृभूमि र सहाराबीचको खेलसहित लिगका ६ खेल हुनेछ । दोश्रो दिन पनि समूह चरणका ६ खेल हुनेछ । अन्तिम दिन शनिबार २ सेमिफाइनल र फाइनल हुनेछ ।