काठमाडौं।
हिमालय र संस्कृति शिक्षा सदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ ले पराजित ग¥यो । हिमालयको जितमा अरुण कार्कीले २८ अंक योगदान गरे । रोमन गुरुङको २९ अंक सहयोगमा संस्कृतिले गुरुकुललाई ४१–३० ले हरायो ।
ह्वाइट हेभेन र एन्जल्स हार्टले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । ह्वाइट हेभेनले सेबलाई ५६–४४ ले पाखा लगायो । ह्वाइट हेभेनका विवेश बर्देवाले १४ अंक जोडे । एन्जल्स हार्टले रिलायन्सलाई ४९–३६ ले पन्छायो । एन्जल्स हार्टका रुपेश पौडेलले १६ स्कोर गरे ।











प्रतिक्रिया