तीन दशकभन्दा लामो समयदेखि कलाकर्ममा सक्रिय कलाकार संगी श्रेष्ठले अहिलेसम्ममा सयौ कलाकृति सिर्जना गरिसकेकी छिन्। तीमध्ये पछिल्ला दुई वर्षमा सिर्जित १ सय १६ थान कलाकृतिका साथ अहिले ठमेलको छाया सेन्टरमा रहेको द कला सलुनमा एकल प्रदर्शनीमा प्रस्तुत भएकी छिन्।
कला पारखीहरूलाई उनको यसपटकको एकल कला प्रदर्शनीले विगतको भन्दा फरक र नौलो अनुभव गराउ“छ। किनभने यसपटक उनले आप्mनो एकल कला प्रदर्शनीमा पेन्टिङ मात्र होइन, सेरामिक कला पनि राखेकी छिन्। पछिल्लो समय सेरामिक कलामा पनि चर्चा बटुल्दै आएकी संगी आप्mनो सेरामिक कलाकारिताबारे भन्छिन्, ‘सेरामिक कला सिर्जनाको क्रममा म माटोलाई हातले आकार दिन्छु र पृथ्वीभित्रको ऊर्जा महसुस गर्छु।
माटोस“ग खेल्दा बेग्लै आत्मसन्तुष्टिको महसुस गर्नेगर्छु।’अन्तर्दृष्टि शीर्षकमा प्रस्तुत उनका यस एकल कला प्रदर्शनीका चित्रकला प्रभावकारी देखिन्छन्। ती सिर्जनाले ग्यालरीमा प्रवेश गर्नासाथ कलापारखीलाई त्यसका प्रभाव महसुस गराउ“छ। आफू अलि ढिलो गतिमा काम गर्ने बताउने संगीले त्यति धेरै सिर्जना दुई वर्षमै कसरी मात्र गरिन् होला ? भन्ने लाग्न सक्छ। यसका लागि उनको धैर्यता र लगनशीलताले काम गरेको छ।
संगीका चित्रकलाको प्रमुख विशेषता भनेको उनका सिर्जनामा देखिने ज्यामितीय आकार हुन्। विभिन्न ज्यामितीय आकारलाई लयबद्ध तरिकाको प्रयोगले उनका सिर्जनाहरू पृथक देखिन्छन्। उनका यही विशेषताले नै कलाजगत्मा उनलाई छुट्टै पहिचान दिलाई स्थापित गरेको छ। अन्तर्दृष्टिमा उनका यस विशेषता थप प्रभावकारी देखिन्छ। ‘चित्रकलामा म आफ्नै मौलिक शैलीमा कलाकृतिहरू रचना गर्छु, जहा“ आयत, वर्ग र बहुभुजजस्ता ज्यामितीय रूप प्रयोग हुन्छन्। जस्ले आधुनिक मानवीय यान्त्रिक जीवनतर्फ संकेत गर्छ। म पत्र–पत्र रङ, टेक्स्चरका तह प्रयोग गर्दै काम गर्छु।
हाम्रा परम्परा, अनुष्ठान, अध्यात्म, मूल्य–मान्यता र यसस“ग सम्बन्धित विभिन्न प्रतीकले आजसम्म पनि मेरो कलात्मक यात्रामा गहिरो प्रभाव पारेको छ। ती सबले भौतिक सीमाभन्दा परको अर्थ बोकेका छन्’ संगी सुनाउ“छिन् ‘अनि म ती सबैलाई आफनो अस्तित्वको रूपमा स्विकार्छु र सम्मान गर्छु। हाल मेरा रङ संयोजनहरू गाढा र मधुरतर्फ सरेको छ। पहिलो नजरमा गम्भीर देखिने रङ र छाया“हरूभित्र शान्त शक्ति लुकेको अभाष गराउ“छ। यी रङले पीडाको होइन, गहिरो चिन्तनका भाव महसुस गराउ“छन्। जसले प्रतिबिम्बको गहिराइ, सहनशीलता र अन्तर्मनको शक्ति झल्काउ“छ। वास्तवमा गाढा रङ शून्यता होइनन्। ती रङले दर्शकलाई बिस्तारै गहिरो रूपमा भावनाको सतहमा पुग्न प्रेरित गर्दछ। म विश्वास गर्छु मेरा कृतिले दर्शकमाथि हावी हु“दै बोल्दैन, समानान्तर हु“दै बोल्छ।’
कला प्रदर्शनीका क्युरेटर सोफिया एल. पाण्डे भन्छिन्, ‘संगी श्रेष्ठ एक असाधारण कलाकार हुन्। गहिरो अन्तज्र्ञान र अन्तर्दृष्टिकासाथ उनी विभिन्न माध्यममा काम गर्छिन्। उनी आप्mना सिर्जनामा रचनात्मक आत्मालाई प्रतिस्थापन गर्न सक्छिन्। अन्तर्दृष्टि लगभग दुई वर्षको कडा परिश्रमको परिणाम हो। संगीले यस गहन कृतिको शृंखलामा आप्mनो शक्तिशाली नारी आत्मालाई चम्काएकी छिन्। संगीको अन्तर्दृष्टि एक कलाकारको रूपमा उनको शक्तिको असाधारण प्रदर्शन पनि हो।’
संगी शब्दहरू समाप्त हुने बिन्दुबाट कला सुरु हुने बताउ“छिन्।
‘कला त्यहा“बाट सुरु हुन्छ, जहा“ शब्द समाप्त हुन्छन्’ कलाकार संगी आप्mनो कलाकर्मका बारेमा भन्छिन्, ‘म विश्वास गर्छु कि कलाको भाषा शब्दभन्दा पर हुन्छ। यसले प्रत्येक व्यक्तिलाई आप्mनै तरिकाले प्रभाव पारिराखेको हुन्छ। प्रत्येक ब्रस स्ट्रोक, प्रत्येक माटोको आकारमा भावना समाहित हुन्छ।
मेरा सिर्जना व्याख्यामा सीमित होस् भन्ने म चाह“दिन“ बरू यसले दर्शकस“ग सहज रूपमा सिधै भावनात्मक र आत्मिक रूपमा संवाद गरोस् भन्ने चाहन्छु। जसरी संसार विविधताले भरिएको छ, मेरा सिर्जना पनि त्यस्ता छन्। म प्रत्येक कृतिमा विविधता होस भन्ने चाहन्छु। प्रत्येक सिर्जनाले बेग्लाबेग्लै कथाको अनुभूति गराओस् भन्ने कोसिस गर्छु। म मेरा सिर्जनालाई शब्दका सीमित घेराभित्र कैद गर्न पनि चाहन्न“। मेरा सिर्जनाले दर्शकस“ग आफै“ संवाद गरोस् भन्नेतर्फ जोड दिन्छु। दर्शकहरू पूर्वधारणाबिना कलादीर्घामा आऊन् र यी कलाकृतिमा आफ्ना आन्तरिक संसार अनि भावना सहज रूपमा महसुस गरुन्।’











प्रतिक्रिया