धादिङ ।
उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानी खुर्सानीटारमा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबार अपराह्न स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायण पूजा भइरहेका बेला घर नजिकै चट्याङ परेको थियो।
चट्याङ लागेर घाइते भएकामध्ये शहीद लखन गाउँपालिका–८ गोरखाकी करिब १३ वर्षीया विनिसा घर्ती मगरलाई उपचारका लागि आरुघाट स्वास्थ्य केन्द्र पुर्याइएकोमा उपचारको क्रममामृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपि प्रकाश दाहालले जानकारी दिनुभयाे ।
त्यस्तै, मृतककी दिदी करिब १५ वर्षीया दीक्षा घर्ती मगर र भिमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय बिरेन्द्र थापा मगर सामान्य घाइते भएका छन्।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया