भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको टी २० विश्वकपमा वेस्ट इन्डिजले जिम्बाब्वेविरुद्ध सर्वाधिक दोस्रो उच्चतम स्कोर बनाएको छ । मुम्बईको वानखेडे रंगशालामा वेस्ट इन्डिजले सुपर एटमा विपक्षीविरुद्ध निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको हो ।
टी २० विश्वकपमा सर्वाधिक उच्चतम स्कोरभन्दा यो केवल ६ रनले पछि रहेको छ । तर, यो जारी प्रतियोगितामा सर्वाधिक उच्चतम रन भने बनेको छ । यसअघि समूह चरणमा आयरल्यान्डले ओमानविरुद्ध ५ विकेटको क्षतिमा २३५ रन बनाएको सर्वाधिक उच्चतम स्कोर थियो । जारी प्रतियोगितामा अहिलेसम्म ७ पटक २ सय स्कोर पार भएको छ ।
टी २० विश्वकपमा सर्वाधिक उच्चतम स्कोर श्रीलंकाको नाममा छ । श्रीलंकाले २००७ मा भएको पहिलो टी २० विश्वकपमा केन्याविरुद्ध ६ विकेटको क्षतिमा २६० रन बनाएको थियो । यो रेकर्ड अहिलेसम्म अडिग भएर जोगिरहेको छ । तर, जारी प्रतियोगितामा अझै नसकिएको हुँदा यो रेकर्ड तोडिन सक्ने अनुमान छ ।













प्रतिक्रिया