धादिङमा चट्याङ पर्दा किशोरीको मृत्यु, दुई जना घाइते

1.6k
Shares

धादिङ, ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटारमा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज अपराह्न करिब ४:०० बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायण पूजा भइरहेका बेला घर नजिकै चट्याङ परेको थियो। पूजामा पाहुना आएका व्यक्तिहरू चट्याङ लागेर घाइते भएका थिए।

चट्याङ लागेर घाइते भएकामध्ये शहीद लखन गाउँपालिका–८ गोरखाकी करिब १३/१४ वर्षीया विनिसा घर्ती मगरलाई उपचारका लागि आरुघाट स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले साँझ ५:१४ बजे मृत घोषणा गरेका थिए।

त्यस्तै, मृतककी दिदी करिब १५ वर्षीया दीक्षा घर्ती मगर सामान्य घाइते भएकी छन्। साथै भीमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय वीरेन्द्र थापा मगर पनि सामान्य घाइते भएका छन्।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।