रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका हुन ।

हुमागाईंले केही दिनअघि रास्वपा छोेडेको घोषणा गरेका थिए । उनले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिएका थिए ।