भयरहित वातावरणमा निर्वाचन गर्न सबैको सहयोग आवश्यक : प्रजिअ निरौला

निर्वाचन र आमसञ्चारकर्मीवीच अन्तरक्रिया सम्पन्न

376
Shares

बाजुरा।  

यही  फागुन २१ गते हुने निर्वाचनलार्ई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला स्थित सरोकारवाला सबैले सहयोग गर्न अनुरोध गरिएको छ। सोमवार जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित  निर्वाचन र आमसञ्चारकर्मीवीच अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले यस्तो  बताएका हुन् 

विगतका केही छुटफुट घटनालाई लिएर बाजुरामा  आगामी निर्वाचनमा पनि  धाँधली हुन्छ भन्ने नजर अन्दाज नगरिदिन प्रजिअ निरोललो आग्रह गरेका छन्। बरु स्वच्छ निष्पक्ष निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबैपक्षबाट रचनात्मक सहयोगको अपेक्षा गरेको छु, जिल्लाका आठवटै उम्मेदवारले संयुक्त विज्ञेप्ती निकालेर आगामी निर्वाचनमा कुनै किसमिको धाँधली  नगर्ने नगराउने प्रतिवद्धता जनाई सकेकोले हामी ढुक्क छौं । यो वर्ष देखि बाजुराका निर्वाचन मर्यादित हुनेछन् प्रजिअ निरौलाले भने ।  यहाँ त स्वर्गबाट आएर पनि भोट हाल्छन्  बुँथ कब्जा गरी सयौं मत एकैले खसाउँछन्। फर्जिमत खसाउनेको विगविगी हुन्थयो । यस्ता विकृती रोक्न जिल्ला सुरक्षा निकायको के तयारी गरेकोछ ? भन्ने नेपाल समाचारपत्रकर्मीको जिज्ञाषामा प्रजिअ निरौलाले भने सर्वप्रथम निर्वाचन भयरहित वनाउन  उम्मेदवार स्वयं र स्थानीय मतदाताले मरो मतको सदुपयोग म आफै गर्छु भन्ने मान्यता राख्नु पर्छ ।  निष्पक्ष निर्वाचनका लागि स्थानीय सर्वदलीय सर्वपक्षिय बैठकले साझा प्रतिवद्धता गर्नु आवश्यक छ । त्यसमा सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीबाट पूर्ण सहयोग हुन्छ । डिजिटल भोटरकार्ड भएकोले अर्काको नाममा फर्जिमत खसाउँला भन्ने कसैले दुस्साहस नगरे हुन्छ  चार लेयरको सुरक्षा घेरा हुन्छ । अति संबेदनशिल भनिएका केही स्थानमा सिसि क्यामरा जडान गर्छौं सिडिओ निरौलाले भने । 

स्वतन्त्र निष्पक्ष निर्वाचन गराउन गत भदौ २७ गते राष्ट्रपति कार्यालयबाट स्वीकृत प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सफल पार्न जिल्लामा तीव्र गतिमा काम भइरहेको  प्र जिअ निरौलाले बताए । 

 बाजुराका ११८ वटा मतदान केन्द्रको अनुगमन गरी  उच्च जोखिम सामान्य जोखिम र सामान्य गरी तिन किसिमका मतदान केन्द्र निर्धारण गरिएको छ । बाजुरामा ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य  गरी वर्गीकरण गरिएको बताएका छन् ।  अति संबेदनशील र संबेदनशील भन्ने बित्तिकै सुरक्षा दृष्टीकोणले मात्र नभई कतै खानेपानी समस्या  छ , कतै खुलाचौर तथा  भौतिक संरचना आवासको समस्या छ । कतै भोगोलिक कठिनाइ छ । विभिन्न किसिमका कठिनाइका कारण  मतदान केन्द्रको जोखिमलाई आँकलन गरिएको हो र शुरक्षाका दृष्टीकोणले  मात्र जोखिमलाई न बुझ्न आग्रह गर्छु उनले भने ।  

 विगत देखि बाजुरामा निर्वाचन धाँधली हुन्छ भन्ने भ्रमलाई चिर्न जिल्ला स्थित राजनीतिक दल, सञ्चार माध्याम आम जनसमुदायको सकारात्मक पहल हुनपर्ने प्रजिअ निरौलाको भानाई थियो । तथापि निर्वाचन स्वच्छ धाँधलीरहित बनाउन संयुक्त सुरक्षा फौज परिचालन भैसकेको छ । निर्वाचनमा आठसय वढी  शुरक्षकर्मी परिचालन गरिनेछ । सुरक्षा जोखिमतालाई  हेरेर एक साता अघिदेखि सुरक्षा फौज परिचालन भैसकेको छ  । 

बरु योग्यता पुगेका सबै मतदातालाई मतदानमा सहभागी गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं प्रजिअ निरोलले भने । बाजुरामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी करिब अन्तिम चरणमा पुगेको छ । सोमबार जिल्ला निर्वाचन कार्यालयको आयोजनामा निर्वाचन र आम सञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत जिल्लामा चुनावको तयारी करिब अन्तिम चरणमा पुगेको जनाएको हो ।

   “निर्वाचनका लागि हातेमालो ” भन्ने राष्ट्रिय अभियान सफल पर्ने उद्देश्यले आयोजित  अन्तरक्रिया कार्यक्रम सोमवार दिउसो जिल्ला प्रशासान कार्यय बाजुरामा सम्पन्न भएको हो । जिल्ला निर्वाचन अधिकारी भिमवहादुर शाहीले निर्वाचन आयोग नेपाल र जिल्ला निर्वाचन कार्यालय बाजुराले हाल सम्म गरेका निर्वाचन सम्बन्धी मुख्य गतिविधि बारे प्रस्तुत गरेका थिए  । 

जिल्ला निर्वाचन अधिकारी शाहीकाअनुसार जिल्लामा निर्वाचनका लागि कर्मचारीहरु नालिष्ट पकासितभैसकेको छ ।  कर्मचारीलाई तालिम दिने र मतपत्रसहित निर्वाचन सामग्री हस्तान्तरण बाहेक अन्य काम करिब सम्पन्न भइसकेका छन् । उनले अहिले मतपत्र र निर्वाचन सामग्री प्याकिङ गर्ने काम भइरहेको बताए   ।

 जिल्लामा केही दिनअघि निर्वाचनका लागि मतपत्रसहित आवश्यक निर्वाचन सामग्री समेत पुगिसकेको छ । जसमा समानुपातिक तर्फ ९७ हजार र पहिलो हुने निर्वाचित प्रणाली तर्फ ९४ हजार मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । त्यस्तै यो निर्वाचनमा मतपेटिका भने पुरानै प्रयोग गरिने भएको छ ।

आसन्न निर्वाचनका लागि बाजुरामा ७ सय ९ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका एक सय १८ वटै मतदान केन्द्रमा खटिने कर्मचारीहरुको अन्तिम सूची प्रकाशन गरेको छ । त्यस्तै जिल्लाको एक मात्रै अस्थायी मतदान केन्द्रमा चार जना कर्मचारी खटाइएको छ । निर्वाचनका लागि खटाइएका कर्मचारीहरुलाई यही फागुन १४, १५ र १६ गते तालिम दिएर मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले बताए ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार जिल्लामा निर्वाचनका लागि ४ सय बढी नेपाल प्रहरी, करिब २ सय सशस्त्र प्रहरी र ३ सय बढी नेपाली सेना परिचालन गरिने बताए । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक हजार ६० जना निर्वाचन प्रहरी समेत भर्ना गरिएको छ ।

त्यसैगरी  बाजुराका ६९ वटै वडामा  फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने तथा सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्ने उदेश्यले प्रत्येक वडामा एक÷एक जना स्वंयसेवकहरू खटिएका छन् । बरु मतदाता शिक्षा कसरी गरिरहेका छन् त्यसको अनुगमन गरी हामीलार्य सुझाव दिनुहोला प्रजिअ निरौललो भने ।

बाजुरामा फागुन २१ को निर्वाचनका लागि कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका हुन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता संख्या छन् । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा एक जना स्वतन्त्रसहित ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

 नेपाली काँग्रेसबाट जनकराज गिरी ,नेकपा एमालेबाट लालवहादुर थापा , नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाशवहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा वीच कडा प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।  
बाजुरामा आगामी फागुन २१ को निर्वाचनका लागि कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका हुन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता संख्या छन् । त्यस्तै जिल्लाभर ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्र कायम गरिएका छन् ।