तपाईंको  नेतृत्व गरेर मैले तपाईंकै बोली संसदमा पुर्‍याउनेछुः  जितेन्द्र श्रेष्ठ 

1.5k
Shares

-तपाईँको शिर झुक्न दिन्न, उँचो बनाउँछु 

-मत दिनुस्, माग पूरा गर्ने प्रण गर्छु 

-आइटीको हब बनाउँछु खरिद ऐन पविर्तन गर्न पहल गर्नेछु 

-महानगरसंग मिलेर स्थानीयको समस्या समाधान गर्नेछु 

-ऐन बनाउन मुख्य भूमिका खेल्नेछु 

-कला संस्कृति जगेर्ना गर्न ललितपुरमा विशेष योजना सार्वजनिक गर्नेछु 

-मलाई विश्वास छ तपाईँले मलाई भोट दिनहुन्छ, परिवार र आफन्तलाई पनि दबाब दिनुस्

-१०६ जना नयाँ अनुहार उम्मेदवारी दिएको छु

ललितपुर ।

 अबको ९ दिनमा प्रतिनिधि सभाको निर्वाचन हुदैछ । ६ दिनसम्ममात्र प्रचारप्रसार गर्न पाउने भएपछि उम्मेदवार घरदैलोमा व्यस्त छन् । आफ्ना प्रतिज्ञा, प्रतिज्ञा र वाचापत्र लिएर मतदाता फकाउन व्यस्त छन् । कोठे बैठक बसेका छन् , कोणसभा गरेका छन् । भोट बैकमा आफ्ना प्रतिबद्धता बुझाउने गरेका छन् । भोट मागेपछि वाचा पुरा गर्न अवसर मागेका छन् । 

 यसै सन्दर्भमा सोमबार साँझ ललितपुर–१८ सैबु भञ्ज्याङमा  ललितपुर–३ का नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले महानगरका १८ र २५ वडावासीसंग आफ्नो योजना सुनाएका छन् । सुरुमा स्थानीयले हालसबिक गर्न नापी र मालपोत कार्यालयले दु:ख  दिएको गुनासो गरे । त्यसपछि उपभोक्ता समितिमार्फत काम गर्दा संधैं  समितिलाई घाटा लाग्ने र समितिका पदाधिकारीको खल्तीबाट रकम दिनुपर्ने तितो अनुभव सुनाए । 

 लगत्तै उम्मेदवार श्रेष्ठसंग हामीले मतदान गरेका तपाईंले  के गर्नुहुन्छ ? भनेर प्रश्न सोधे उनीहरुले बाचा पूरा गर्ने प्रतिबद्धता जाहेर गर्न आग्रह गरे । लगत्तै आफ्ना भनाई राखेका उम्मेदवार श्रेष्ठले भने–पहिलो वाक्यमै भने मेरो जित नै तपाईँको जित हो । मलाई जिताउनुस् तपाईँको कुरा संसदमा राख्नेछु । 

तपाईं हाम्रो मागको सुनुवाइ नगरे तपाईँसँगै अघि बढ्नेछु । ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनसंगै बसेका उम्मेदवार श्रेष्ठले मेयर महर्जनलाई देखाउँदै भने–मैले जितेमा काम गर्ने उहाँ  मेयरसाब र  महानगरले हो । उहाँले मेयर साब र म बीचमा धेरै अघिदेखि क्षेत्रको विकास गर्नेकाममा सहकार्य भइरहेको छ भने   । 

तपाईंको पहलले काग्रेँसलाई ठुलो दल बनाउनुपर्छ ।सभापति गगनकुमार थापाको नेतृत्वमा सरकार बनाउनुपर्छ । त्यसमा म मन्त्री हुँदा नहुँला दोस्रो कुरा । कानुन बनाउने निकायमा पुग्छु । कानुन बनाउँछु र। मलाई लाग्छ  मन्त्री भन्दापनि ठुलो भूमिका सांसदको हुनेछ । 

 अब निर्वाचन आउन केही दिनमात्र बाँकी छ । तपाईँले भोट माग्दा एकजनाले मात्र मत दिनुस् नभन्नुहोला । तपाईंले त दिइहाल्नुहुन्छ । तपाईँको परिवार, छिमेकी र साथीभाइलाईपनि मतदान गर्न लगाउनुहोला ।पाटी सभापति ज्युले जेन्जी आन्दोलनको जिम्मा सत्ताधारी दलकै हैसियतमा नेपाली काँग्रेसले  लिएको बताउनुभएको छ । त्यसो भन्ने हाम्रो दल मात्र हो । त्यसैले अब जेन्नी आन्दोलनको जिम्मेवारी लिने दललाई मतदान दिएर बहुमतको आधारमा सरकार सञ्चालन गर्ने वातावरण बनाउनुस । 

नेपाली काँग्रेसले  बहुमत ल्याउन नसके कानुन परिवर्तन हुन मुस्किल पर्छ । एमाले र काग्रेससंगमात्र राष्ट्रिय सभामा बहुमत छ । मैले यसो भनिरहदा नेपाली काग्रेस सरकारमा गएपछिमात्र बलियो सरकार बन्न  सक्छ । त्यसैले मैले फेरी तपाईहरुलाई भनिरहेको छु–मलाई संसद हुने अवसर दिनुस् म यो क्षेत्रमात्र होइन देश विकासमा एक सहयोगीको रुपमा  अघि बढ्नेछु । 

स्थानीय माग अर्थात उपभोक्ताले काम गर्न नसकेको विषयमा म गम्भीर भएको छु । खरिद ऐन  संसोधन गर्न सदनमा आवाज उठाउनेछु । कम रेटको कारण समितिका पदाधिकारीले अधिकांस कामको ऋणतिर्न हैरान भएको सुनेको छु । 

अब यस्तो हुन नदिन पहल गर्नेछु । यो क्षेत्रमा  हालसाबिक गर्ने विषयमा नापी र मालपोत कार्यालयले धेरै दुःख दिएको सुनेको छु । के भएको रहेछ तत्काल बुझ्नेछु । सहजरुपमा कामगर्ने वातावरण बनाउनेछु । लेनदेनको कुरा सुनेको छु । यस्तो गम्भीर विषयमा सुक्ष्म निगरानी गर्नेछु । 

 कांग्रेसलाई ठुलो दल बनाउनुपर्छ । जेन्जी आन्दोलनको जिम्मा हाम्रा पार्टी सभापति गगन थापाले दिनुभएको छ । संस्कृति विकास गर्न स्रोत जुटाउनुपर्छ । पाटन घुम्न आएका पर्यटकलाई यही बस्ने वातावरण बनाउनुपर्छ ।  यसक्षेत्रमा सबैभन्दा धेरै विकास भएका सूचना प्रबिधिमा हो । 

ललितपुर जिल्ला आइटीको हब हो । ४० भन्दा बढी कम्पनी छ । यस्लाई इन्डस्ट्रीको रुपमा विकास गर्नुपर्छ । आइटीको विषयमा अध्ययन गर्न इन्जिनियरिङक कलेजका विज्ञलाई जिम्मा दिएको  छ । मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरलाई आइटी हब बनाउन गर्नुभएको योगदान महत्वपूर्ण छ । 

म नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिको जिम्मेवारीमा छु । मेरो नेतृत्वमा स्थानीय निर्वाचनमा हामीले ५६ प्रतिशत सफलता हासिल गरेका छौँ । ललितपुर महानगरमा चिरिबाबु महर्जनले १८ हजार मतान्तरले जित्नुमा हाम्रो संगठनको ठुलो भूमिका छ । लगत्तै महर्जनले भने–हामीलाई यो क्षेत्रमा जित्न तपाईँको मुख्य भूमिका रहेको बुझेको छु । सोमबार साँझ भएको साक्षात्कारमा उम्मेदवार श्रेष्ठले भन्नुभयो–तपाईँको शिर झुक्न दिन्न, उँचो बनाउँछु मलाई भोट दिनसु माग पुरा गर्ने प्रण गर्छु  भने । 

महानगरसंग मिलेर स्थानीयको समस्या समाधान गर्नेछु कला संस्कृति जगेर्ना गर्न ललितपुरमा विशेष योजना सार्वजनिक गर्नेछु । उनले अहिले जनताले जेनजी आन्दोलनमार्फत नेतृत्व र सुशासनमा परिवर्तन खोजेका छन् । म अहिलेसम्म कुनै लाभको पदमा नगएको र नया व्यक्ति हुँ । अब मलाई टेष्टेड हुने मौका दिनुस् । म यहीँको स्थानीय बासिन्दा हुँ । मेरो घर पुलचोकमा छ । मैले ०७२ सालको भूकम्प र कोभिड लकडाउनमा आफ्नो व्यापार–व्यवसाय छोडेर जनताको सेवा गरेँ । म राजनीतिलाई सेवा ठान्छु, म भ्रष्टाचारमा नमुछिएको र स्थानीयस्तरमा भिजेको मान्छे भएकाले जनताले मलाई विश्वास गर्ने आधार छ ।