काठमाडौँ।
नेकपा एमालेका काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार युवा नेता प्रकाश श्रेष्ठले घरदैलो अभियानलाई व्यापक पार्दै आफ्ना एजेण्डाहरु जनतासमक्ष प्रस्तुत गरिरहेका छन् । यस क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका श्रेष्ठले सोमबार क्षेत्र नं ७ अन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको वार्ड नं ४ मा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

त्यस क्रममा स्थानीय जनताले श्रेष्ठ विकासप्रेमी नेता भएको र संधैं जनताको सुखदुखमा साथ दिने भन्दै विजयको लागि शुभकामना दिएका थिए । माहौल उत्साहवद्र्धक देखिएको थियो ।

श्रेष्ठको बुधबार तारकेश्वर वडा नं ३ मा घरदैलो कार्यक्रम गर्ने कार्यक्रम रहेको र सो कार्य तिनपिप्ले स्थित पार्टी कार्यालयबाट शुरु हुने श्रेष्ठको सचिवालयले जनाएको छ । घरदैलो कार्यक्रममा सबैजनालाई उपस्थितिको लागि आग्रह गरिएको छ ।











प्रतिक्रिया