काठमाडौं ।
नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको सुन मंगलबार थप १ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ। सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने मंगलबार घटेको छ। सोमबार प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँ घटेर ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ५ हजार १ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको पनि महासंघले उल्लेख गरेको छ।











प्रतिक्रिया