काठमाडौँ ।
अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान हृदयविदारक पारिवारिक हिंसाको घटना सार्वजनिक भएको छ। प्रारम्भिक विवरणअनुसार घटनामा एक नेपाली मूलको परिवार संलग्न भएको आशंका गरिएको छ, तर प्रहरीले मृतक तथा घाइतेहरूको नाम अझै सार्वजनिक गरेको छैन। अमेरिकी सञ्चारमाध्यमहरूले यस घटनालाई ‘परिवारभित्रको भीषण हत्या’ भन्दै प्राथमिक समाचार प्रकाशित गरेका छन्।
डिसी महानगर क्षेत्रका स्थानीय पत्रपत्रिकाहरूले पनि घटनालाई प्रमुखताका साथ कभरेज दिएका छन्। सामाजिक सञ्जालमा भने नेपाली समुदायका सदस्यहरूले पीडित परिवार नेपाली मूलको भएको दाबी गरेपछि समुदायमा चिन्ता र त्रास फैलिएको छ। के भयो घटनास्थलमारु केभिन डेभिसका अनुसार, करिब ५० वर्षभन्दा माथिका एक पुरुषले आफ्नै श्रीमती र छोरीमाथि करिब १० इन्च लामो धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट दुवैको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरण छ। त्यसक्रममा आफ्ना ज्वाइँमाथि पनि आक्रमण गरिएको थियो।
ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका बेला घरभित्र चर्को झगडाको आवाज सुनेर भित्र पसेका थिए। भित्र पुग्दा उनले आफ्नी श्रीमतीलाई रगताम्मे अवस्थामा ढलेको र ससुराले सासूमाथि आक्रमण गरिरहेको दृश्य देखेको प्रहरीको भनाइ छ। आक्रमणकारीले ज्वाइँमाथि समेत अन्धाधुन्ध चक्कु प्रहार गरेपछि उनले तत्काल ९११ मा फोन गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरीको कारबाही प्रहरी टोली घटनास्थलमा पुग्दा आक्रमणकारी अझै पनि ज्वाइँमाथि हमला गरिरहेका थिए। प्रहरीले पटक–पटक हतियार फाल्न चेतावनी दिए पनि नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए। गोली लागेर ती
आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घटनामा गम्भीर घाइते भएका ज्वाइँलाई तत्काल अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। समुदायमा त्रास र शोक घटनापछि अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय स्तब्ध बनेको छ। सामाजिक सञ्जालमा शोक र समवेदना व्यक्त गर्ने क्रम जारी छ।
तर आधिकारिक पुष्टि नभएसम्म पीडितको पहिचान सार्वजनिक नगरिएको प्रहरीले स्पष्ट पारेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ। प्रारम्भिक रूपमा यसलाई “पारिवारिक नरसंहार” को संज्ञा दिइएको छ। घटनाको कारण, पारिवारिक पृष्ठभूमि र मानसिक अवस्थाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ।











प्रतिक्रिया