बैतडी ।
बैतडीमा निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट रहेका छन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ड्युटी सकेर घर फर्किएका थिए। घरमै एक्कासी बेहोस भएपछि उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि ज्यान गएको थियो। त्यसैगरी माघ तेस्रो साता सोही नगरपालिका–४ का ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको थियो।











प्रतिक्रिया