मोरङ–६ मा डा. शेखर कोइरालाको ८ अठोट सार्वजनिक, लोकतन्त्रदेखि डिजिटल विकाससम्म प्राथमिकता


काठमाडौं ।

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले मोरङ जिल्ला क्षेत्र–६ का लागि आफ्नो ८ बुँदे अठोट पत्र सार्वजनिक गरेका छन्। उनले संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिलाई केन्द्रमा राख्दै लोकतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग तथा बाढी समाधानलाई मुख्य एजेन्डा बनाएका छन्।

उनले बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयन, औद्योगिक पुनर्जागरणमार्फत रोजगारी सिर्जना, तथा बुढीखोला लगायत नदी नियन्त्रणका लागि दीर्घकालीन गुरुयोजना ल्याउने प्रतिबद्धता जनाएका छन्। साथै विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्ने र गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्ने योजना पनि अघि सारेका छन्।

कृषिमा जलवायु–मैत्री प्रविधि, शिक्षामा डिजिटल कक्षा र सीपमूलक तालिम, स्वास्थ्यमा सहज पहुँच, आईटी हब स्थापना तथा स्टार्टअप प्रवर्द्धन उनका प्रमुख कार्यक्रम छन्। उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै पारदर्शी र डिजिटल सार्वजनिक सेवा प्रणाली विकास गर्ने अठोट समेत व्यक्त गरेका छन्।

फागुन -२१ गतेका लागि डा शेखर कोइरालाको अठोट पत्र –

संसदीय सर्वोच्चता, संबिधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि मेरो ८ अठोट →

लोकतन्त्र | सुशासन | शिक्षा | स्वास्थ्य | किसान | डिजिटल विकास | उद्योग |बाढी समाधान

१️. बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयन
लोकतन्त्र भावनाले मात्र टिक्दैन, संस्थाले टिक्छ।

  • संविधान संसोधन र पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका
  • संघीयता सुदृढीकरण र अधिकारको स्पष्ट कार्यान्वयन
  • नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा
  • सार्वजनिक संस्थाहरूको राजनीतिक दुरुपयोग रोक्ने पहल
  • नीति निर्माणमा नागरिक सहभागिता प्रणाली
  • सबै जात–जातीको आस्था, धर्म, कला, संस्कृति र परम्पराको संरक्षण
    सन्देश: “लोकतन्त्र सुरक्षित भए मात्रै विकास दिगो हुन्छ।”

२️. औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना
मोरङ ६ = उद्योगको ऐतिहासिक आधार।

  • बन्द/कमजोर उद्योग पुनः सञ्चालन नीति
  • साना तथा मझौला उद्योग (SME) लाई कर सहुलियत
  • विराटनगर विमानस्थल लाई क्षेत्रीय विमानस्थलमा स्तर उन्नति
  • गूद्रि बजारलाई पिपिई मोडलमा बिकास गर्ने
  • उद्योग–शिक्षा सहकार्य (internship → job pipeline)
  • स्थानीय युवालाई “रोजगार प्राथमिकता नीति”
  • बिराटनगरलाई विशेष आर्थीक क्षेत्र (SEZ)को रुपमा विकास गर्ने
  • उत्पादनमुखी लगानी आकर्षण
  • स्थानिय हाट बजारलाई बैज्ञानिकिकरण गर्ने
    सन्देश: “रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र।”

३️. बाढी-डुबान समाधान र सुरक्षित पूर्वाधार
हर वर्षको पीडा → स्थायी समाधान।

  • बुढीखोला, केशलिया, सिंघिया र गछिया लगायत नदीहरूको दीर्घकालीन गुरुयोजना
  • तटबन्ध निर्माण
  • वैज्ञानिक ड्रेनेज र ढल निकास प्रणाली
  • वर्षा पानी व्यवस्थापन (Rainwater Harvesting)
  • गिरिजा प्रसाद कोईराला क्रिकेट रंगशालाको पूर्णता
  • विपतका लागि पूर्व सूचना प्रणाली विस्तार
    सन्देश: “बाढी नियन्त्रण = जीवन र सम्पत्तिको सुरक्षा।”

४️. जलवायु-मैत्री कृषि र किसान संरक्षण
किसानलाई सहानुभूति होइन, प्रणाली चाहिन्छ।

  • जलवायु अनुकूल बीउ र प्रविधि
  • ड्रिप/स्प्रिंकलर सिँचाइ प्रवर्द्धन
  • मल, बीउ, बजार सुनिश्चितता
  • कृषि उत्पादन → प्रशोधन उद्योग जोड्ने नीति
  • कृषि बीमा विस्तार
  • बाँझो जमिन उपयोग कार्यक्रम
  • जैविक खेती प्रोत्साहन
    सन्देश: “किसानको पसिना = अर्थतन्त्रको मेरुदण्ड।”

५️. शिक्षा सुधार र सीप-आधारित अवसर
डिग्री मात्र होइन ।

  • डिजिटल कक्षा र स्मार्ट शिक्षण
  • प्राविधिक/व्यावसायिक शिक्षा विस्तार
  • सीप–रोजगारी समन्वय कार्यक्रम
  • उच्च शिक्षा नपाएका लागि सिप मुलक कार्यक्रम
  • सरकारी विधालयको स्तरोन्नती
  • छात्रवृत्ति र समावेशी शिक्षा
  • मदरसा/गुरुकुल स्तर उन्नति
    सन्देश: “सीप भएको युवा बेरोजगार हुँदैन।”

६️. स्वास्थ्यमा सहज पहुँच र भरोसा
स्वास्थ्य सेवा = आधारभूत अधिकार।

  • सरकारी अस्पतालको स्तरोन्नती
  • सहूलियतमा उपचार व्यवस्थापन
  • प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण
  • स्वास्थ्य बीमा व्यवस्थित कार्यान्वयन
  • मातृ–शिशु स्वास्थ्य कार्यक्रम
  • नियमित निःशुल्क स्वास्थ्य शिविर
    सन्देश: “स्वास्थ्यमा पहुँच = सम्मानित जीवन।”

७️. प्रविधि, डिजिटल सेवा र युवा सशक्तीकरण
भविष्य डिजिटल छ — तयारी आजै।

  • स्थानीय आईटी हब स्थापना
  • स्टार्टअप कोष र सहुलियत ऋण
  • कोडिङ, एआई, डिजिटल सीप तालिम
  • डिजिटल रोजगारी सिर्जना
    सन्देश: “Digital Nepal स्थानीय तहबाट।”

८️. सुशासन, पारदर्शिता र सामाजिक सुरक्षा
विकास भ्रष्टाचारमा डुब्यो भने जनता डुब्छन्।

  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
  • डिजिटल सार्वजनिक सेवा प्रणाली
  • जनगुनासो दर्ता/समाधान कक्ष
  • सहकारी सुधार र बचत सुरक्षा
  • महिला उद्यमशीलता कार्यक्रम
  • युवा उद्यमशीलता कोष
  • ज्येष्ठ नागरिक/अपाङ्गता सेवा विस्तार
    सन्देश: “सुशासन बिना समृद्धि सम्भव छैन।”

डा शेखर कोइराला
प्रतिनिधि सभा सदस्य उमेदवार
मोरङ क्षेत्र -६, नेपाली कांग्रेस ।