अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधी, हजारौँ उडान रद्द


काठमाडौ ।

अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन्। रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ।

Rhode Island र Massachusettsका केही भागमा करिब ३३ इन्चसम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ। New York Cityको Central Parkमा मात्रै १९ इन्चभन्दा बढी हिउँ जमेको छ।

न्यूयोर्कमा यात्रा अवस्था ‘झन्डै असम्भव’ बनेपछि राज्य निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।

पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन्। विशेष गरी New Jersey र म्यासाचुसेट्स बढी प्रभावित भएका छन्। रोड आइल्याण्डको राजधानी Providenceमा ३३ इन्च हिमपात भई सन् १९७८ को कीर्तिमानसमेत तोडिएको बताइएको छ।

हिमआँधीको चेतावनी North Carolinaदेखि Maineसम्म जारी गरिएको थियो। उडान ट्र्याकिङ साइटका अनुसार ५ हजार ६७५ भन्दा बढी उडान रद्द भएका छन्। LaGuardia Airport र John F. Kennedy International Airportबाट अधिकांश उडान रद्द भएका छन्।

अधिकारीहरूले अत्यावश्यक बाहेकका यात्रा नगर्न र मौसम सुधार नहुँदासम्म सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।