ललितपुर।
ललितपुरको भैँसेपाटी स्थित श्रीकुल विद्यालयले २०औँ स्थापना उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमुख आतिथ्यमा सम्पन्न कार्याक्रममा उनले दुईदशक लामो इतिहास बोकेको विद्यालयको शैक्षिक सुधार र प्रगतिको प्रशंसा गरे । उनले विद्यालयको योगदानको प्रशंसा गर्दै विद्यालय परिवारलाई आगामी दिनको शुभकामना दिएका थिए ।

कार्यक्रममा ललितपुर महानगरपालिका–२५ का अध्यक्ष दौलतकुमार खत्रीले यस विद्यालयले वडामा उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल भएको बताए। कार्यक्रमको वडाअध्यक्ष खत्री र समाजसेवी माधवकुमार खड्काले संयु्क्त रुपमा उद्घाटन गरेका थिए ।

विद्यालयका अध्यक्ष दिपकराज जोशीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा करिव १ हजार २०० अभिभावक, ६ सय बढी विद्यार्थी र ८० जना शिक्षक तथा कर्मचारीको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमकामा शैक्षिकसत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, लगनशील शिक्षक तथा कर्मचारी र विद्यालयलाई सहयोग पु¥याउने उत्कृष्ट अभिभावकलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै विभिन्न गीत, नृत्य तथा नाटकहरू प्रस्तुत गरेका थिए । विद्यार्थीको प्रतिभालाई सबैले प्रशंसा गरेका थिए । स्थापना दिवसकै अवसरमा विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्रीहरूको पनि प्रदर्शनी र खुला चित्रकला पनि गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक शिवेन्द्र कार्कीले विद्यालयको दुईदशक लामो यात्रामा साथ दिने सम्पूर्ण अभिभावक र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको विगत सम्झदै , वर्तमान समयमा विद्यालयमा भैरहेका विभिन्न गतिविधि हरुको जानकारी गराए ।

प्रअ कार्कीले विद्यालयको भावी योजनाबारे जानकारी गराए । विद्यालयले पठन संस्कृति , एसक्युसि, इक्टरएक्ट क्लब, ड्युक अफ इडेन्बर्ग अवार्ड , जीवन मूल्य शिक्षा , साथै प्रशस्त अतिरिक्त क्रियाकलाप गर्दै आएको कुरा पनि कार्यक्रममा सुचित गराएका थिए ।

कार्यक्रममा प्रधानाध्यापक सिंहराज सिंह थापाले अतिथिहरुलाई स्वागत गर्दै विद्यालयले केही वर्षमा नै शैक्षिक फड्को मार्न सफल भएको उद्घोष गरेका थिए । कार्यक्रमका सभापति दीपकराज जोशीले विद्यालयको प्रगतिप्रति खुसी यक्त गर्दै विद्यालयको नेतृत्व , अभिभावक साथै विद्यार्थीलाई बधाइ तथा धन्यवाद दिएका थिए ।

कार्यक्रममा लोक, आधुनिक, कोरियन , तथा विभिन्न जात जातिको भाषा संस्कृति , झल्कने नृत्य तथा गीत प्रस्तुत गरिएको थियो । बालबालिकाको गीतहरु, चेतनामूलक अनि आमाबाबुको सम्मान गर्नुपर्छ भन्ने भावको प्रस्तुत भएको थियो ।











प्रतिक्रिया