उदयपुर।
सोमबार बिहान करिब ११ः५० बजे उदयपुरगदी गाउँपालिका–७ अधेरी जोगी टोलस्थित मदनभण्डारी लोकमार्गमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस ब्रेक फेल भएर सडकबाट करिब ३०–४० फिट तल खस्दा १५ जना घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि ल्याइएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं। ५ गण त्रियुगा उदयपुर र अस्थायी प्रहरी पोष्ट संगमचोकबाट संयुक्त टोली खटाइएको थियो। बस चालक ४५ वर्षीय बिक्रम राईलाई प्रहरी चौकी संगमचोकको नियन्त्रणमा राखिएको छ।
यी हुन् घाइते
२२ वर्षीया मणिका मगर – सामान्य चोट
३५ वर्षीया अनिता चौधरी – टाउको र शरीरको विभिन्न भागमा चोट
७३ वर्षीया सोममाया मगर – टाउकोमा गम्भीर चोट
४० वर्षीय प्रकाश भुजेल – शरीरको विभिन्न भागमा चोट
२१ वर्षीया रेशिका बस्नेत – सामान्य चोट
१७ वर्षीय तिलक बस्नेत – सामान्य चोट
१० वर्षीय दीपेश तामाङ्ग – सामान्य चोट
१९ वर्षीकी पवित्रा श्रेष्ठ – सामान्य चोट
२० वर्षीया रेश्मा बस्नेत – सामान्य चोट
६० वर्षीकी सोममाया परियार – गम्भीर चोट
२७ वर्षीय नितेश बुढाथोकी ९सहचालक० – सामान्य चोट
७८ वर्षीय दल बहादुर तामाङ – शरीरको विभिन्न भागमा चोट
१५ वर्षीय प्रेम तामाङ – सामान्य चोट
२८ वर्षीय सुबास नेपाली – सामान्य चोट
१५ वर्षीय सुजन तामाङ्ग – सामान्य चोट
प्रहरी र उद्धार टोलीले घटनास्थलबाट सबै घाइतेलाई उद्धार गरी अस्पतालमा पुर्याएको जनाएको छ। दुर्घटनाको कारण र बसको प्राविधिक अवस्थाबारे थप अनुसन्धान जारी रहेको छ।
यस दुर्घटनाले स्थानीय सडक सुरक्षामा कडाइ आवश्यक रहेको विषयलाई पुनः जोड दिएको छ।











प्रतिक्रिया