दमक, झापा |
झापाको दमकमा आज आयोजना गरिएको ‘नेशनल युथ भोलेन्टियर्स’ कोशी प्रदेश घोषणा सभामा सर्वसाधारणको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ। बिहानैदेखि विभिन्न स्थानबाट सहभागीहरू सभा स्थलतर्फ जुटिरहेका छन्।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा केपी शर्मा ओली ले केही समयपछि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। ओली नेकपा (एमाले) का अध्यक्षसमेत हुन्।
झापा क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न बस्तीबाट मतदाता तथा सर्वसाधारणहरू जुलुस र र्यालीसहित सभा स्थलतर्फ प्रवेश गरिरहेका छन्। दमक–७ स्थित पशुहाट क्षेत्र आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वयंसेवकहरूलाई व्यवस्थापनमा खटाइएको छ।
आयोजकका अनुसार कोशी प्रदेशस्तरमा युवा स्वयंसेवक संरचना विस्तार गर्ने उद्देश्यले घोषणा सभा आयोजना गरिएको हो। कार्यक्रम सुरु हुनुअघि नै सभा स्थलमा उल्लेख्य भीड देखिएको छ।











प्रतिक्रिया