उदयपुरमा बस दुर्घटना 


काठमाडौँ। 

सोमबार बिहान उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ ।        

 कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस बिहान करिब ११:५० बजे  ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर  दुर्घटना हुँदा  १०/१२ जना घाइते भएका छन् । 

दुर्घटना पश्चात् सशस्त्र प्रहरी बल  नं.५ गण उदयपुर बाट खटिएको क्युआरटी टोलीले घाइतेहरुको उद्धार गरेर अस्पताल पठाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।